Thaha

Wednesday 22 May - 2:14 am NST

वार्सिलोनाको लालीगामा लज्जास्पद हार, लगातारको अपराजित यात्रामा पुर्णविराम

वार्सिलोनाको लालीगामा लज्जास्पद हार, लगातारको अपराजित यात्रामा पुर्णविराम
काठमाडौं, ७ असोज स्पेनिस लालीगा फुटवलमा वार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । गएराती भएको खेलमा वार्सिलोनाले सेल्टा भिगोसँग ४–१ को फराकिलो अन्तरको लज्जास्पद हार व्यहोरेको हो । यो हारसँगै वार्साको ला लीगामा लगातारको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।

जितपछी सेल्टा भिगो लीगको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित वार्सा पाचौं स्थानमा झरेको छ । गएराति नै भएको अर्को खेलमा रियल मड्रिडले एथ्लेटिको विल्वाओलाई २–१ ले पराजित गर्दै लीगको शिर्ष स्थानमा पुगेको छ । त्यस्तै लस पालमासले सेभिल्लालाई २–० ले पराजित गर्दा,  भिल्ला रियलले माल्गालाई १–० ले पाखा लगायो ।  लेभान्ट र इवरले २–२ गोलको वरावरी खेल्दा,  रायो भालेनोले गीजोनलाई २–१ ले पन्छ्यायो ।