Thaha

Wednesday 22 May - 5:29 am NST

राष्ट्रिय लीगमा आज चार खेल हुदैँ

राष्ट्रिय लीगमा आज चार खेल हुदैँ
काठमाडौं, ७ असोज राष्ट्रिय लीग फुटवलमा आज ४ खेल हुदैछन । पहिलो खेलमा साविक विजेता मनाङ मस्र्याङदीले सुदुरपश्चिमको सामना गर्नेछ । खेल एन्फा कम्पेलेक्स सातदोवाटोमा साढे १२ बजे सुरु हुनेछ । मनाङ र सुदुरको खेल निकै प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ । भूकम्पका कारण रोकिएको लीग संचालनपछि  विमल घर्तिमगर लगायत १९ वर्षमुनीको राष्ट्रिय टोलीका अधिकांश खेलाडी भित्र्याएको सुदुरपश्चिमले लोभलाग्दो खेल प्रदर्शन गरेको छ । पहिले ८ खेलवाट ७ अङक मात्रै जोडेको सुदुरले पुनः ३ खेलबाट ७ अङक जोड्सिकेको छ । अहिले सुदुर १४ अङक सहित लीगको चौथो स्थानमा छ । ८ खेल खेलेको  ६ पटकको डिफेन्डिङ च्याम्पियन मनाङ १३ अङक सहित लीगको छैठौ स्थानमा   छ । त्यस्तै आज लीग अन्र्तगत एन्फा कम्पेलेक्समा दिउँसो  साढे ३ वजे नेपाल पुलिसले लुम्विनी क्लवसँग प्रतिष्पर्धा गर्दैछ । लक्ष्मी नगर मोरङमा थ्रिस्टारले  ३ वजे घरेलु टोली मोरङको सामना गर्दा, झापाको टोमलालमा नेपाल आर्मिले घरेलु टोली झापा ११ सँग प्रतिष्पर्धा गर्नेछ ।