Thaha

Wednesday 22 May - 7:24 am NST

वार्सा लगातार पाचौ जितको खोजिमा

 वार्सा लगातार पाचौ जितको खोजिमा 
काठमाण्डौ, ६ असोज स्पेनिस लालीगा फुटवलमा आज साविक विजेता वार्सिलोनाले,  सेल्टा भिगोको सामना गर्दैछ ।  साविक विजेता वार्सा लगातार पाचौं जितको खोजिमा रहनेछ ।  ४ खेलवाट शतप्रतिशत नतिजा निकालेको वार्सा लीगको दोस्रो स्थानमा  छ । एक खेल वढी खेलेको एथ्लेटिको मड्रिड लीगको शिर्ष स्थानमा   छ । त्यस्तै उपाधि दावेदार रियल मड्रिडले राती ९ वजे विलवाओको सामना गर्दैछ । ४ खेलबाट  १० अङक जोडेको रियल मड्रिड लीगको तेस्रो स्थानमा रहेको छ । ला लीगा अन्तरगत आज हुने अन्य खेलमा सेभिल्लाले लस पालमास, भिल्ला रियलले माल्गा, लेभान्टले इवर, गीजोनले रायो भालेनोको सामना गर्नेछन ।