Thaha

Monday 29 April - 9:30 pm NST

आईएसका वरिष्ठ सदस्य तुर्कमानी मारिएको अमेरीकाको दाबी


आईएसका वरिष्ठ सदस्य तुर्कमानी मारिएको अमेरीकाको दाबी
काठमाडौ, ६ असोज अमेरीकाले अतिवादी विद्रोही संगठन आईएसआईएसका एक वरिष्ठ सदस्य हवाई कारवाहीमा मारिएको दाबी गरेको छ । यसै महिना हवाई कारवाहीमा आईएसएसका वरिष्ठ सदस्य अल तुर्कमानी मारिएको अमेरिकि रक्षा मन्त्रालयले पुष्टि गरेको छ । तुर्कमानी आईएसका वरिष्ठ नेताका नजिकका मान्छे भएको अमेरीकि अधिकारीको भनाई छ । उनी आईएसमा आवद्ध हुनुअघि ईराकमा अलकायदामा संलग्न थिए । गत महिना अमेरीकाले विद्रोही संगठन आइएसका दोस्रा नेता फादिल अहम्मद अल—हयालीलाई मारेको दाबी गरेको थयो ।