Thaha

Monday 29 April - 7:58 pm NST

आप्रवासीहरुलाई बाँडेर राख्ने विषयमा युरोपेली सँघ सहमत, ईटली, ग्रीस र हंगेरी कोटा प्रणालीको विरोधमा

आप्रवासीहरुलाई बाँडेर राख्ने विषयमा युरोपेली सँघ सहमत
ईटली, ग्रीस र हंगेरी कोटा प्रणालीको विरोधमा
काठमाडौ, ६ असोज यूरोपेली संघले यूरोपमा प्रवेश गन लागेका १ लाख २० हजार प्रावसिहरुलाई यूरोपका अन्य देशमा कोटाको आधारमा बाँड्ने योजनामा सहमति जुटाएको छ । कोटा प्रणालीमार्फत अगाामी दुई बर्षभित्र प्रवासिहरुलाई ईटल, ग्रसि, हंगेरी र अन्य यूरोपेली रोमानीया, चेकगणराज्य, स्लोभाकिया र हंगरीले भने प्रवासिहरुलाई कोटा आधारमा बाँडेर राख्ने प्रस्तावको विपक्षमा मतदान गरेका छन् । युरोपियन युनियनका आन्तरिक मन्त्रीहरुले १ लाख बीस हजार आप्रवासीलाई युरोपका विभिन्न देशले कोटा निर्धारण गरेर लिने निर्णय गरेपछि मध्य युरोपेली देशहरु भने आक्रोशित भएका छन् ।

यो योजना अनुसार आप्रवासीहरु इटली, ग्रीस र हंगेरीबाट इयुका अन्य मुलुकमा सारिनेछन् । तर रोमानिया, चेक गणतन्त्र, स्लोभाकिया र हंगेरीले अनिवार्य कोटा स्वीकार गर्ने विरुद्ध मतदान गरेका छन् । मतदानमा फिनल्याण्ड अनुपस्थित थियो । चेकका राष्ट्रपति माइलोस जेम्यानले यो गल्तिका कारण भविष्यमा निक्कै नराम्रो परिणाम निस्कने बताएका छन् । यस्तैगरी स्लोभाकका प्रधानमन्त्री रोबर्ट फिकले कुनै पनि शर्त र बहुमतको निर्णय पनि नमान्ने बताएका छन् ।

लाटभियामा सयौं मानिसहरुले पनि विरोध प्रदर्शन गरेका छन् । इयुको नियम अनुसार कुनै निर्णय मान्न मन नलागे युरोपियन काउन्सिलमा आवेदन गर्न सकिने व्यवस्था छ । युरोपियन युनियनका नेताहरुले प्रवासिहरुलाई शरण दिनेसम्बन्धि प्रस्ताव आज ब्रसेल्समा पारित गर्नेछन् ।