चिन र अमेरिकाले साइबर सुरक्षाका विषयमा छलफल गर्ने
चिन र अमेरिकाले साइबर सुरक्षाका विषयमा छलफल गर्नेकाठमाडौं, ६ असोज । चिनियाँ राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणमा अमेरिका पुग्नु भएको छ । राष्ट्रपती सि जिनपिङले साइबर सुरक्षाका बारेमा अमेरिकी राष्ट्रपति बाराक ओबामसँग छलफल हुने बताइएको छ । अमेरिका र चीनबीच साइबर सुरक्षाका विषयमा विवाद देखिदै आएको छ । चीनले अमेरिकी कम्पनीहरुमा भैरहेको साइबर आक्रमणप्रति आफ्नो हात नभएको जनाउँदै आएको छ भने अमेरिकाले चीनले नै साइबर आक्रमण गर्ने गरेको आरोप लगाउँदै आएको छ । चीन सरकारले साइबर जासूसी गैरकानूनी भएकाले यस्तो गैरकानूनी गतिविधि गर्ने समूह वा व्यक्तिसँग चीनले कुनै सम्बन्ध नराख्ने पनि जनाएको छ ।।