Thaha

Monday 29 April - 8:51 pm NST

चिन र अमेरिकाले साइबर सुरक्षाका विषयमा छलफल गर्ने

चिन र अमेरिकाले साइबर सुरक्षाका विषयमा छलफल गर्ने
काठमाडौं, ६ असोज ।  चिनियाँ राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणमा अमेरिका पुग्नु भएको छ । राष्ट्रपती सि जिनपिङले  साइबर सुरक्षाका बारेमा अमेरिकी राष्ट्रपति बाराक ओबामसँग छलफल हुने बताइएको छ । अमेरिका र चीनबीच साइबर सुरक्षाका विषयमा विवाद देखिदै आएको छ । चीनले अमेरिकी कम्पनीहरुमा भैरहेको साइबर आक्रमणप्रति आफ्नो हात नभएको जनाउँदै आएको छ भने अमेरिकाले चीनले नै साइबर आक्रमण गर्ने गरेको आरोप लगाउँदै आएको छ । चीन सरकारले साइबर जासूसी गैरकानूनी भएकाले यस्तो गैरकानूनी गतिविधि गर्ने समूह वा व्यक्तिसँग चीनले कुनै सम्बन्ध नराख्ने पनि जनाएको छ ।।