Thaha

Monday 29 April - 8:34 pm NST

अमेरिका र भारत आतंकवादलाई परास्त गर्न सक्रिय वन्दै

अमेरिका र भारत आतंकवादलाई परास्त गर्न सक्रिय वन्दै 
काठमाडौं, ६ असोज । अमेरिका र भारतले आतंकवादविरुद्ध आपसी सहयोगमा अझै तीब्रता दिन सहमति गरेका छन  । दुवै देशले लस्करे तोइबा, अलकायदा र हक्कानी नेटवर्क , जैश ए मोहम्मद, डी कम्पनी पूरै क्षेत्रका लागि ठूलो खतरा बनेको बताएका छन् । अमेरिकाको वाशिंगटनमा अमेरिकी विदेश मन्त्री जोन केरी र भारतीय विदेश मन्त्री सुस्मा स्वराजलगायतका प्रतिनिधिबीच भएको छलफलमा मुम्बई आक्रमणका दोषीलाई कारवाही गर्न पाकिस्तानसँग माग पनि गरेका छन् ।   दुवै देशले इस्लामिक स्टेटलाई विश्व शान्तिका लागि खतरा मान्दै उसलाई पराजीत गर्न मिलेर काम गर्ने जनाएका छन् । विभिन्न देशमा भइरहेका आतंकवादी गतिविधीलाई परास्त गर्दै विश्वमा शान्ति कायम गर्न सक्रिय साथ लाग्ने दुवै देशले प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।