Thaha

Tuesday 30 April - 10:30 pm NST

म्यानचेष्टर सिटीको विजयी सुरुवात

काठमाडौं, ६ असोज । ईग्लीस लीग कप फुटवलमा म्यानचेष्टर सिटीलेले विजय सुरुवात गरेको छ । गएरातीसुरु भएको यो सीजनको पहिलो खेलमा सिटीले सण्डरल्याण्डलाई ४–१ पराजित गर्यो । सिटीको जितमा सर्जियो एगुइरो,  केभिन डे ब्रायन,  राहिम स्टर्लीङले एक एक गोल गरे । सन्डरल्याण्डका मानोनीले एक आत्माघाति गोल गरेका थिए । लीग कप फुटबल अन्तर्गत गएराती भएका  अन्य खेलहरुमा लिसेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडलाई तथा एभर्टनले रिडिङलाई २–१ ले पराजित गर्यो , एस्टन भिल्लाले बर्मीङघमलाई तथा हल सिटीले स्वान्सी सिटीलाई १–० ले पन्छ्याउदा,  स्टोक सिटीले फुल्हमलाई १–० ले तथा वर्न माउथले पे्रष्टनलाई ३–२ हरायो ।।