Thaha

Monday 29 April - 4:43 pm NST

भ्रष्टाचारको आरोपमा चीनया सरकारी अधिकारी पदच्यूत

काठमाण्डौं, ५ असोज । चीन सरकारले भ्रष्टाचारको आरोप खेपिरहेका एक सरकारी अधिकारीलाइ बर्खास्त गरेको  छ । सेक्यूरिटीज रेगुलेशन कमीशनका असिस्टेन्ट प्रमुख झाङ इुजुनलाई सरकारले बर्खास्त गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

झाङ चीनमा शेयर बजारमा देखिएको उतारचढावका वीच अनुसन्धानमा तानीएका पहिलो सरकारी अधिकारी हुन् । उनीमाथि लागेको भ्रष्टाचारको आरोपबारे अनुसन्धान गरीरहेका अधिकारीहरुले केही दिनअघि झाङविरुद्ध अनुशासनहीनताको गम्भिर आरोप लगाएपछि सरकराले पदच्यूत गरेको सिन्ह्वाले उल्लेख गरेको छ ।

चीनमा अनुशासनको उलँघन गर्नेलाई पनि भ्रष्टाचारी मानिन्छ ।