Thaha

Tuesday 30 April - 2:48 pm NST

बर्नहार्ट कप अन्तरकलेज बास्केटबलमा सेमिफाईनल समिकरण पुरा

काठमाण्डौं, ५ असोज । छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आज भएको अन्तिम क्वार्टफाइनल खेलमा मोर्गनले एन्जलस कलेजलाई पराजित गरेसंगै सेमीफाइनल समिकरण पुरा भएको हो । मोर्गनले एन्जलस्माथी ६२–३७  को जित निकाल्यो ।

यसअघि आजै भएका अन्य क्वार्टरफाइनल खेलमा  प्राईमले आइडल, लिभरपुलले मोर्गन र एलआरआईले टाइम्स कलेजलाई हराउँदै अन्तिम चारमा स्थान वनाएका छन । लिभरपुलले मोर्गनलाई ६२–४९ अङकले पराजित गर्दा,  एलआरआईले टाइम्सलाई  ५१–३५ ले पन्छ्यायो ।

त्यस्तै अर्को क्वार्टरफाइनल खेलमा प्राईमले आइडललाई ६८–५२ ले पाखा लगायो । अव फाइनल प्रवेशका लागी भोली, लिभरपुल र प्राईम तथा मोर्गन र एलआरआई कलेजले प्रतिष्पर्धा गर्नेछन । प्रतियोगितामा उपत्यकाका २४ कलेजको सहभागिता रहेको थियो  ।