Thaha

Monday 29 April - 4:27 pm NST

आईएसद्वारा सिरियामा १० जनाको हत्या

काठमाण्डौं, ५ असोज । विद्रोही समुह इस्लामिक स्टेट आइसआइएसले सिरियामा १० जनाको हत्या गरेको छ ।

आइएसका लडाकुले सिरियाको उत्तरी क्षेत्रमा समलिङ्गी भन्दै १० जनाको हत्या गरेको सिरियन अव्जरभेटरी फर ह्युमन राइटर्सले पुष्टि गरेको छ । आइएसले ७ जनाको होम्स प्रान्तको रस्तान सहर र ३ जनाको हरैतन सहरमा गोली हानी हत्या ह्यूमन राईटर्सले जनाएको छ ।

सन २०१४ को जुन महिनामा इस्लामिक स्टेटले ३ हजार भन्दा वढी व्यक्तिको हत्या गरेको थियो । जसमा १८ सय सर्वसाधारण नागरिक थिए ।