Thaha

Monday 29 April - 8:18 pm NST

ग्रीसमा भएको पाँचौ निर्वाचनमा फेरी वामपन्थी दल सिरीजा विजयी

काठमाण्डौं, ४ असोज । ग्रीसमा यस वर्ष भएको दोश्रो आम चुनावमा वामपन्थी दल सिरिजा पार्टी फेरि विजयी भएको छ ।

हिजो भएको आम निर्वाचनको अधिकांश मतगणना भइसक्दा सिरीजा पार्टी थोरै मतले बहुमतभन्दा टाढा रहने देखिएको छ । न्यु डेमोक्रेसी पार्टीले यसअघि नै हार स्वीकार गरिसकेको छ । मितव्ययिता विरोधी नयाँ दल पपुलर युनिटी पार्टीले पनि कुनै स्थानमा विजय हासिल गर्ने सम्भावना छैन । पूर्व सरकारको साझेदार दक्षिणपन्थी इन्डिपेण्डेन्ट ग्रीक्स् पार्टी गठबन्धनमा सहभागी हुन तयार भइसकेको छ ।

मत परिणामबाट अब ग्रीसलाई अघि बढाउन पार्टीलाई स्पष्ट अनुमति प्राप्त भएको छ । सिरिजा पार्टीका उम्मेद्धार एलेक्सीस सीप्रासले जनताको जित भएको टिप्पणी गरेका छन् । सीप्रासले ग्रीक्स पार्टीसँग मिलेर सरकार बनाउने घोषणा गरिसकेका छन् ।

आर्थिक संकट टार्न अन्तराष्ट्रिय ऋणदाताहरुसँगको एउटा अलोकप्रिय सहमतिमा सीप्रासले हस्ताक्षर गरेपछि आकस्मिक रुपमा छ वर्षभित्र हिजो पाँचौं चुनाव गराईएको हो । सिप्रासले प्रतिरोध र प्रतिष्ठाकानिम्ति ग्रीस र ग्रीसका जनता एक अर्काका पर्याय भएको बताएका छन् ।