Thaha

Tuesday 30 April - 5:00 pm NST

राष्ट्रिय लिगमा थ्रिस्टार र पुलीसको बराबरी


काठमाण्डौं, ४ असोज । राष्ट्रिय लीग फुटबलमा थ्रिस्टार र पुलिसले वरावरी खेलेका छन । एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा  थ्रिस्टार र पुलिसले दुई दुई  गोलको वरावरी खेलेका हुन  ।

बर्षाका कारण केहि ढिलो सुरु भएको खेलमा सुरुवती देखी नै दुबै टोली आक्रमक देखिएका थिए । खेलमा थ्रिस्टारले दुई पटकको अग्रतालाई जोगाउन नसक्दा अन्त्यमा वरावरीका रोकियो । पहिलो गोल थ्री स्टारका सागर थापाले ३७ औं मिनटमा गरे । त्यसको ५ मिनेट नबित्दै पुलिसका जुमानु राईले गोल गर्दै पहिलो हाफमा खेल बराबरीमा ल्याए । दोस्रो हाफको ७९ औ मिनटमा सन्तोश साहुखलले गोल गर्दै  थ्रिस्टार क्लबलाई फेरी २–१ को आग्रतामा पु¥याए । ८३ औ मिनेटमा पुलिसका योगेश श्रेष्ठले गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए  । खेलमा त्यसपछि दुवै टोलीवाट थप गोल हुन सकेनन र खेल वरावरीमा सकियो ।

वरावरी पछी उपाधि दावेदार थ्रिस्टारले, लीगको शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ । यो नतिजापछी,  थ्रिस्टार १६ अङक सहित लीगको तेस्रो स्थानमा यथावत रहदा, पुलिस ८ अङकका साथ लीगको सातौ स्थानमा कायमै छ । त्यस्तै लीग अन्र्तगत आज भएका खेलमा झापा र सुदुरपश्चिम तथा मोरङ र लुम्विनीले एक एक गोलको वरावरी खेलेका छन । लीग अन्र्तगत भोली र पर्सि कुनै खेल हुने छैनन् ।