Thaha

Tuesday 30 April - 3:50 pm NST

मिरा बनिन सालोमन प्रिनेउ अल्ट्रा म्याराथनको उपविजेता


काठमण्डौं ३ असोज । 
नेपालकी मिरा राई स्पेनमा भएको ‘सालोमन प्रिनेउ अल्ट्रा’  म्याराथनको उपविजेता बनेकी छन ।  स्पेनको पिरेना बागामा गएराती सम्पन्न म्याराथनमा उनी महिला तर्फको विश्व उपविजेता बनेकी हुन् । राईले निर्धारित १ सय १० किलोमिटर दुरी, १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गर्दै नेपाली झण्डा फहराईन्  ।

स्विजरल्याण्डकी ईमिलीलेनि धार्ती १३ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पार गर्दै बिश्व च्याम्पियन बनिन् । मिरा ४ मिनेट १६ सेकेण्डको अन्तरमा मात्र विजेता हुनबाट चुकिन ।  संसारकै पाँच उत्कृष्ट दौडमध्ये पर्ने सालोमन प्रिनेउ अल्ट्रा दौडमा  मिरालाई हौसला प्रदान गर्न स्पेनमा रहेका नेपाली बागा पुगेका थिए । उनीहरुले मिरा उपविजेता बनेपछि नेपाल, नेपाल भन्दै नेपाली झण्डा फहराएका थिए । 

अल्ट्रा दौड शुरु गरेको २ बर्षमा नै चर्चा कमाएकी राईले अन्तर्राष्ट्रिय प्रतियोगितामा ठूलो सफलता हात पारिकी छन । भोजपुर सानोदुम्जाकी २५ वर्षिय नेपाली चेली  मिराले यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङक म्याराथनको उपाधि जितेकी थिइन् । भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरमा माओवादी लडाकू बनेकी थिइन् । शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा कम उमेरका कारण उनलाई अयोग्य लडाकु ठहर गरिएको थियो ।