Thaha

Tuesday 30 April - 7:20 pm NST

आज मोफसलका चार टिमको भीडन्त


काठमाडौं, २ असोज । ए डिभिजन राष्ट्रिय लीग फुटवलमा आज मोफसलका चार टिमले प्रतिष्पर्धा गर्दैछन ।

अङक तालिकाको शीर्ष स्थानमा रहेको झापा– ११ र पुछारमा रहेको लुम्बीनी  तथा  छैठौ स्थानमा रहेको मोरङ र आठौ स्थानमा रहेको सुदुरपश्चिमाञ्चलले प्रतिष्पर्धा गर्न लागेका हुन । ९ खेलवाट १७ अङ्क जोडेको झापा र  समान खेलवाट ४ अङक जोड्ेको लुम्विनी विचको खेल झापाको टोमलाल रगंशालमा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

लीगको शिर्ष स्थानमा रहेको झापालाई, शिर्ष स्थानमा कायमै रहन  र दोस्रो स्थानमा रहेको थ्रिस्टारसँगको अङक दुरी वढाउनका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ ।  त्यस्तै ९ खेलवाट १० अङक वटुलेको सुदुरपश्चिमाञ्चल र ८ खेलवाट ४ अङक वटुलेको मोरङबीचको खेल मोरङको विराटनगर रगंशालामा साढे ३ वजे नै सुुरु हुनेछ ।