Thaha

Tuesday 30 April - 5:53 pm NST

मनाङ र थ्रीस्टारको भीडन्त आज


काठमाडौं, १ असोज । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । खेल दिउँसो साढे ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ ।

जारी प्रतियोगितामा मनाङ मस्र्याङ्दीको १२ अङ्क छ भने थ्रीस्टारको १४ अङ्क छ । यसअघि हिजो भएको खेलमा नेपाल पुलिसलाई ३–० गोलले हराउँदै नेपाल आर्मी क्लब विजयी भएको थियो ।

प्रतियोगितामा मोफसलका चार र विभागीय तथा उपत्यकाका पाँच क्लब गरी नौ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।