Thaha

Wednesday 01 May - 12:49 am NST

नेपाल किर्गिस्तानसँग भिड्ने


काठमाडौं, १ असोज । एएफसी अन्डर सिक्सटिन फुटबल च्याम्पियनसिप छनौट चरणको दोस्रो खेलमा नेपालले आज आयोजक किर्गिस्तानको सामना गर्दै छ ।

खेल नेपाली समय अनुसार राती पौने ८ बजेपछि शुरु हुने छ । पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनलाई २–१ गोल अन्तरले पराजित गरेको नेपाल आज पनि अपराजित यात्रा कायम राख्ने योजनाका साथ मैदान उत्रने छ । अर्कोतर्फ किर्गिस्तानलाई घरेलु दर्शकको सर्मथन छ ।

घरेलु दर्शकको समर्थनका बाबजुत पनि पहिलो खेलमा ओमानसँग २–० ले पराजित भएको किर्गिस्तानलाई छनौट चरणको आशा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । आजै हुने अर्को खेलमा ओमान र जोर्डनले प्रतिष्प्रर्धा गर्ने छन् । नेपालले आफ्नो अन्तिम खेलमा आइतबार ओमानसँग खेल्ने छ ।

एएफसी अन्डर सिक्स्टिन समुह चरणमा कुल ११ समूह छन् । त्यसबाट समूह बिजेता आगामी वर्ष भारतमा हुने ए.एफ.सि च्याम्पियनसिपमा छनौट हुने छन् । भारत भने आयोजकका हैसियतले प्रतियोगिताको लागि सिधै छनौट भइसकेको छ ।