Thaha

Monday 29 April - 2:14 pm NST

तेल ट्याङ्कर बिस्फोट हुँदा १ सय ७० जनाको मृत्यु


काठमाडौं, १ असोज । दक्षिणी सुडानमा तेल ट्यांकर बिष्फोट हुँदा १ सय ७० जनाको मृत्यु भएको छ । बिष्फोटमा अन्य ५० जना घाइते भएका छन् ।

पश्चिम इक्वाटोरिया राज्यमा इन्धन चोरी गर्ने वहानामा एक समुहले आगो लगाइदिएपछि ट्यांकर बिष्फोट भएको हो । बिष्फोट किन गराइएको भन्ने अनुसन्धान भइरहेको अघिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । दक्षिण सुडान अफ्रिकामा सबै भन्दा बढी समय युद्धको चपेटामा परेको मुलुक हो ।

सन् २०११ मा शान्ति संझौतापछि त्यहाँ गृहयुद्ध अन्त्य भएको थियो । अति कम बिकसित देशको सूचीमा रहेको दक्षिण सुडानमा अझै पनि सरकारी सुरक्षा बल र बिद्रोहि बीच भने अझै बारम्बार भिडन्त हुने गरेको छ ।