Thaha

Tuesday 30 April - 9:50 pm NST

थ्रीस्टार र एपीएफ भिड्दै


काठमाडौंं, २९ भदौ । ए डिभिजन राष्ट्रिय लिग फुटबलमा आज थ्रीस्टार क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लव भिड्दै छन । लीगको दोस्रो स्थानमा रहेको एपिएफ र पांचौ स्थानमा रहेको थ्रिस्टार आमने सामने हुन लागेका हुन ।  

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्पेलेक्समा खेल साढे ३ वजे सुरु हुनेछ । ७ खेलवाट एपीएफले १४ अङक जोड्दा, ६ खेल खेलेको थ्रिस्टारको ११ अङक भएको छ । राष्ट्रिय टिमका खेलाडीको वर्चश्व रहेको थ्रीस्टारको कप्तानी सागर थापाले गर्दैछन् भने एपीएफको कप्तानी गणेश लावतीले सम्हाल्दै छन् ।

उपत्यका र मोमफसलका ९ टिमको सहभागिता रहेको लिगमा ८ खेल खेलेको  झापा क्लब १६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । पहिलो पटक होम एन्ड अवेका आधारमा खेलाइएको लिगको बिजेता टोलीले १ करोड रुपियाँ हात पार्नेछ । हिजोको खेलमा मनाङ मस्र्याङदी र पुलिसले गोल रहित बराबरी खेलेर अंका बाँडेका थिए ।