Thaha

Monday 29 April - 8:52 pm NST

अष्ट्रेलियामा प्रधानमन्त्री फेरीने

काठमाण्डौं, २८ भदौ । अष्ट्रेलियामा प्रधानमन्त्री फेरीने भएका छन् । पार्टीमा विश्वासको मत गुमाएपछि हालका प्रधानमन्त्री टोनी एबोटले राजिनामा दिनुपर्ने भएको छ ।

सत्ताधारी दल लिबरल पार्टीमा नेतृत्वका लागि भएको मतदानमा प्रधानमन्त्री एबोट आफ्नै मन्त्रिमण्डलका सँचारमन्त्री माल्कोम टर्नबुलसँग पराजित हुनुभएको छ ।

टर्नबुलले ५५ मत प्राप्त गर्दा प्रधानमन्त्री एबोटको पक्षमा ४४ मत परेको छ । प्रधानमन्त्री एबोटको नेतृत्व क्षमतामाथि प्रश्न उठेपछि टर्नबुलले सन्चारमन्त्रीको पदबाट राजीनामा गरी नेतृत्वका लागि दाबी गर्नुभएको थियो । लिबरल पार्टीले नेतृत्व चयनको सूचना गभर्नरलाई दिएपछि नयाँ प्रधानमन्त्री चयन हुने बिबिसीले जनाएको छ ।