Thaha

Tuesday 30 April - 6:02 pm NST

राष्ट्रिय लीगमा मनाङ र पुलिसको बरावरी

काठमाण्डौं, भदौ २८ । राष्ट्रिय लीग फुटवलको पहिलो खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी  र नेपाल पुलिस क्लवले वरावरी खेलेका छन  ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा आज भएको खेलमा मनाङ र पुलिसले गोलरहित बराबरी खेलेका हुन । खेलमा मनाङ हावी देखिएपनी  गोल गर्न नसक्दा अङक बाँड्न बाध्य भयो । खेलको २७ औ मिनेटमा मनाङका अनिल गुरुङले डिवक्सभित्र बाट प्रहार गरेको बल सुरज विकले क्लियर गरे भने ६६ औ मिनेटमा मनाङका डोडोजले गरेको प्रहार माथिल्लो बारबाट वाहिरियो ।

बराबरी पछी मनाङ १२ अङक सहित लीगको तेस्रो स्थानमा उक्लिएको छ भने पुलिस ८ अङक जोड्दै छैठौ स्थानमा यथावत रहेको छ । लिगमा १६ अंकसहित झापा शीर्ष स्थानमा रहँदा १४ अंकको सशस्त्र प्रहरी दोस्रो तथा समान ११ अंकका त्रिभुवन आर्मी  र थ्रीस्टार क्लब चौथो र पाँचौं स्थानमा छन् ।

९ टोली सहभागी पहिलोपटक ‘होम एन्ड अवे’का आधारमा सन्चालित राष्ट्रिय लिगअन्तर्गत् भोलीको  खेलमा सशस्त्र प्रहरी वल एपिएफ र थ्रीस्टार भिड्नेछन ।।