Thaha

Monday 29 April - 7:51 pm NST

पाकिस्तानको मुल्तानमा भएको बिस्फोटमा १० जनाको मृत्यु


काठमाण्डौ २८ भदौ । पाकिस्तानको मुल्तान शहरमा भएको बिस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाइते भएका छन् ।  बस पार्क नजिकै एउटा मोटरसाइकलले विद्युतीय रिक्सालाई ठक्कर दिएपछि ठूलो बिस्फोट भएको अधिकारीहरुले बताएका छन् ।

मोटरसाइकलमा बम राखेर बिस्फोट गराइएको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन् । एक प्रहरी अधिकारीले भने रिमोटको सहाराले बम बिस्फोट गराइएको बताएको बीबीसीले जनाएको छ ।

 

घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने सक्ने प्रहरीको अनुमान छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफले घटनाप्रति दुख ब्यक्त गर्नुभएको छ ।