Thaha

Friday 03 May - 8:06 pm NST

युएस ओपन टेनिसको उपाधी जोकोभिकलाई

काठमाण्डौ २८ भदौ । युएस ओपन टेनिस प्रतियोगिताको पुरुषतर्फको उपाधी नोभाक जोकोभिकले जितेका छन् । अमेरीकाको न्युयोर्कमा आज बिहान भएको फाइनल खेलमा विश्वनम्बर एक रोजर फेडेरलाई ६–४, ५–७, ६–४ र ६–४ को सेटले पराजीत गर्दै जोकोभिकले उपाधि जितेका हुन् । उनले युएस ओपन टेनिसको उपाधि जितेको यो  दोस्रो पटक हो ।

यसै वर्षको विम्बल्डन टेनिसको फाइनलमा पनि जोकोभिकले फेडेररलाई हराएका थिए । युएस ओपन टेनिस प्रतियोगिताको महिलातर्फको उपाधी इटालीयन फ्लाभिया पेनेटाले जितेकी छिन् ।