Thaha

Friday 03 May - 1:17 pm NST

इङल्याण्डसँग अष्ट्रेलिया पराजित


काठमाडौं, २६ भदौ । अष्ट्रेलियाविरुद्धको चौथो एक दिवसीय क्रिकेट इङल्याण्डले ३ विकेटले जितेको छ ।  इङल्याण्डले पछिल्ला दुई खेलमा लगातार जित हात पारेसँगै पाँच खेलको श्रृंखला २–२ ले बराबरी गरेको छ ।

अब दुबै टोलीका लागि श्रृंखला आफ्नो पक्षमा पार्न अन्तिम खेल निर्णयक हुने छ । गएराति लड्समा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो । उसका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ८५ र जर्ज बेलीले ७५ रन बनाए भने म्याथ्यु वाडेले अविजित ५० रन जोडे ।

इङल्याण्डका डेभिड वेलीले ३, लियाम प्लुङ्केट र मोइन अलीले समान २÷२ विकेट लिए । ३ सय रनको बिजय लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली इङल्याण्ड १० बल बाँकी छँदै लक्ष्य पार गर्न सफल भयो । उसले ४८ दशमलब २ ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४ रन बनाएको हो ।

इङल्याण्डलाई जिताउन कप्तान इयान मोर्गनले ९२ रनको योगदान गरे । बेन स्टोक्स र जेम्स टेलरले समान ४१÷४१ र जोनी बेयरस्टोले ३१ रन बनाए । अष्ट्रेलियाका प्याट क्युमिन्सले ४ , मिचेल मार्सले २ र ग्लेन म्याक्सवेलले १ विकेट लिए । दुई देशबीचको पाचौं तथा निर्णायक खेल भोली वल्डट्राफोडमा हुनेछ ।