Thaha

Monday 29 April - 5:13 pm NST

मस्जिदमा क्रेन ठोक्किँदा १ सय ७ जनाको मृत्यु


काठमाडौं, २६ भदौ । साउदी अरबको मक्कामा रहेको मस्जिदमा क्रेन ठोक्किदा भएको दुर्घटनामा १ सय ७ जनाको मृत्यु भएको छ । अन्य २ सय ३० जना घाइते भएका छन् । क्रेन टोक्किएपछि मक्कामा रहेको अल हरम मस्जिदको छत भत्कँदा उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ ।

रातो रंगको क्रेन मुस्लीम धर्मालम्वीको सबैभन्दा ठुलो मस्जीदमा ठोक्किन पुगेको थियो । स्थानीय समय अनुसार हिजो बेलुकी साढे पाँच बजे क्रेन मस्जिदमा ठोक्किएको थियो । अग्ला भवन बनाउन तलबाट माथि सामान ओसारिरहेको क्रेन तिब्र गतिमा चलेको हावा र पानीको कारण मस्जिदमा ठोकिक्न पुगेको साउदी अधिकारीहरुले जनाएका छन् ।

स्थानीय टेलिभिजनले क्रेनको केहि भाग नै छतसँगै खसेर मस्जीद भित्र पुगेको दृष्य प्रसारण गरेका छन्, भने मस्जीद परिसर रगतले रातै भएको देखाइएको छ । अघिकांस घाइतेको अवस्था गंभिर रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । साउदी अरबको मक्का र मदिना मुस्लिम धर्मालम्बिको सबैभन्दा पबित्र तिर्थस्थल मानिन्छ ।