Thaha

Friday 03 May - 12:14 pm NST

१९ वर्ष मुनिको विश्वकप छनोट क्रिकेट खेल्ने खेलाडी चयन

काठमाडौं, २५ भदौ । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा हुने १९ वर्ष मुनिको विश्वकप छनोट क्रिकेट खेल्ने नेपाली टोली चयन गरेको छ ।
राजु रिजालको कप्तानीमा १८ जना खेलाडी छनोट गरेको क्यानले जनाएको छ । आरिफ शेख उपकप्तान रहेको टोलीमा दिपेन्द्र ऐरी सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला,योगेन्द्र कार्की,  दिपेश श्रेष्ठ र सुशील क“डेल छन् । त्यसैगरी, टोलीमा प्रेम तामाङ, राजवीर सिंह, आशिष धामी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कमल ऐरी र हिमांशु दत्त पनि टीममा परेका छन् । अक्टोबर १४ देखि २३ सम्म १९ वर्ष मुनिको विश्वकप छनोट प्रतियोगिता मलेसियामा हु“दैछ ।