Thaha

Friday 03 May - 1:08 pm NST

इङ्ल्याण्ड र अष्ट्रेलियाबीचको चौथो एकदिवसीय आज


काठमाडौं, २५ भदौ । इग्ल्याण्ड र अष्ट्रेलिया याबीचको चौथो एकदिवसीय क्रिकेट आज हुँदैछ ।  इङगल्याण्डको लड्समा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ । पाँच एकदिवसीय  खेलको  श्रृृंखलामा पाहुँना टोली अष्ट्रेलियाले २–१ को  अग्रता वनाएको छ ।

पहिलो र दोस्रो खेल जितेको  अष्ट्रेलियाले आजको खेल जिते श्रृंखला आफ्नो पक्षमा पार्नेछ । तेस्रो एकदिवसीय खेल जितेको घरेलु टोली इङ्ल्याड पनि जितलाइ निरन्तरता दिँदै श्रृंखला बराबरी गर्ने दाउमा छ । आजको खेल इङगल्याण्डको पक्षमा गए दुवै टोलीका लागि अन्तिम खेल निर्णायक हुनेछ ।