Thaha

Friday 03 May - 3:01 pm NST

थाइल्यान्डमा नेपाललाई तीन पदक


काठमाण्डौं, २३ भदौ । नेपालले ६१ औं थाइल्यान्ड ओपन ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा दुई रजत र एक काश्य गरी तीन पदक जितेको छ ।

नेपालका लागि सरस्वती भट्टराईले भाग लिएका दुवै स्पर्धा रजत पदक जितेकी छन । उनले ८०० मिटर दौडमा २ मिनेट १८.७ सेकेन्डको टाइमिङ राख्दै  रजत जितिन । त्यसैगरि उनले १५ सय मिटर दौडतर्फ ४ मिनेट ४२ सेकेन्डको समय निकाल्दै रजत पदक हात पारिन् ।

त्यसैगरि अमृता महतोले  डिस्कस थ्रोतर्फ काश्य पदक जित्दै नयाँ राष्ट्रियकिर्तिमान बनाएकी छन् । उनले ४०.३१ मिटर फ्याक्दै डिक्सक थ्रोतर्फ नयाँ राष्ट्रिय किर्तिमान बनाएकी हुन् ।नेपाल एथलेटिक्स संघको पहलमा आठ एथलेटिक्स खेलाडीले बैंककमा ४० दिनेप्रशिक्षण पछि ६१ औं थाइ एथलेटिक्स च्याम्पियनसिपमा सहभागीता जनाएका हुन् ।