Thaha

Friday 03 May - 3:48 pm NST

सबैलाई समेटेर साधारण सभा गर - अदालत


काठमाण्डौं, २३ भदौ । पूनरावेदन अदालत पाटनले सबैलाई समेटेर मात्र साधारण सभा गर्न अखिल नेपाल फूटबल संघ एन्फालाई आदेश दिएको छ ।

न्यायाधीश पुष्प कोईराला र शिवनारायण यादवको ईजलाशले आफ्ना पदाधिकारी र सदस्यहरु सबैलाई जानकारी दिएर मात्रै साधारण सभा गर्न आदेश दिएको हो ।

भदौ १६ गतेका लागि तय भएको साधारण सभाबारे दुई उपाध्यक्ष कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङले आफूलाई जानकारी नदिइएको भन्दै अदालत गएपछि साधारण सभा रोकिएको थियो ।

यसबारे अन्तिम फैसला आउन बाँकी छ ।