Thaha

Monday 29 April - 7:06 pm NST

थप एकलाख २० हजार शरणार्थीलाई शरण दिने युरोपेली आयोगको घोषणा

काठमाण्डौं, २३ भदौ । यूरोपेली आयोगले थप १ लाख २० हजार शरणार्थीलाई आश्रय दिने भएको छ । ]

युरोपेली आयोगका अध्यक्ष ज्योङ्ग क्लोद युंकरले युरोपेली देशहरुलाई आप्रवासीको कोटा निर्धारण गर्न आह्वान गर्दै थप १ लाख २० हजार शरणार्थी लिने घोषणा गर्नुभएको हो । हाल संकटग्रस्त सीरिया लगायतका देशबाट दैनिक हजारौं आप्रवासी युरोप छिर्न थालेपछि अध्यक्ष युंकरले यसलाई दोस्रो युद्धपछि युरोपको सबैभन्दा ठूलो समस्या भन्नुभएको छ ।

जर्मनीले यूरोपेली आयोगको घोषणाको समर्थन गरेको छ भने युरोपका केही देशहरुले शरणार्थी लिनैपर्ने बाध्यताको विरोध गरिरहेका छन् । यसैवीच युरोप प्रवेश गर्न लागेका आप्रवासीहरु हंगेरीको सिमामा सुरक्षाकर्मीको घेरा तोड्न सफल भएका छन ।

हंगेरी हुँदै युरोप प्रवेश गर्न लागेका सयौं आप्रवासीलाई सुरक्षाबलले एक सातादेखि रोकी राखेका थिए । पछिल्लो समय २० हजार आप्रावासी हंगेरी हुँदै अष्ट्रिया र जर्मनी प्रवेश गरेका थिए ।