Thaha

Monday 29 April - 10:03 pm NST

साउदी गठबन्धन सेनाको आक्रमणमा २० भारतीयको मृत्यु

काठमाडौं, २३ भदौ । यमनमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाइ आक्रमणमा कम्तीमा २० जना भारतीय मारिएका छन् ।

यमनको हुदीदाह बन्दरगाहमा तेल तस्करी गर्नेहरुलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरुको मृत्यु भएको स्थानीयलाई उद्यृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सेनाले खसालेको बम भारतीयहरु चढेको दुई वटा डुंगामा खसेको र  डुंगा ध्वस्त भएको अन्तर्राष्टिय संचार माध्यमले नजाएका छन  ।

गठबन्धन सेना ६ महिनादेखि यमनमा हुथी विद्रोही विरुद्धको कारवाहीमा खटिएको छ ।