Thaha

Monday 29 April - 5:38 pm NST

ब्रिटिश एयरवेजको विमानमा आगलागी

काठमाडौं, २३ भदौ । ब्रिटिश एयरवेजको विमानमा आगलागी भएको छ । लस भेगासबाट लण्डनका लागि उडान भरिसकेपछि भुईँ छोड्नै लाग्दा बोइङ्ग ७७७–२०० मा अचानक आगलागी भएको हो । विमानको इन्जिनबाट धुवाँको मुस्लो निस्किएको थियो ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । पाइलटले विमानलाई सुरक्षित रुपमा रोकेपछि यात्री र चालक दलका सदस्यलाई सकुशल बाहिर निकालिएको बीबीसीले जनाएको छ । बिमानमा १ सय ५९ यात्रु र १३ जना चालक दलका सदस्य रहेका थिए । आगलागीको कारण थाहा नभएको र घटनाबारे अनुसन्धान सुरु गरेको ब्रिटिस एयरवेजले जनाएको छ ।