Thaha

Friday 03 May - 6:09 pm NST

१५औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका लागि खेलाडी छनोट

काठमाडौं २२ भदौ । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १५औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका लागि नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले १३ जना खेलाडी छनोट गरेको छ । मोरङबाट ६ र रुपन्देहीबाट ७ खेलाडी छानिएको संघका महासचिव दिनेश राजभण्डारीले जानकारी दिनुभयो । 
मोरङबाट ५५ केजीमा प्रवित राजवंशी, ६० केजीमा सन्दिप अधिकारी, ६५ केजीमा रोशन कार्की, ७० केजीमा विकास धिमाल, ७५ केजीमा इन्द्र सापकोटा र ८० केजीमा सागर डंगोल छनोट भए । त्यस्तै, ५५ केजीमा विष्णु कँडेल, ६० केजीमा सुनिल आले, ६५ केजीमा सुमित राणा, ७० केजीमा चन्द्रमान श्रेष्ठ, ७५ केजीमा विजेन्द्रमान श्रेष्ठ, ८० केजीमा अनिल थापा तथा ८० केजीमाथि नवीन राणाले रुपन्देहीको प्रतिनिधित्व गर्नेछन् । 
राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता विराटनगरको वीरेन्द्र सभागृहमा असोज १ र २ गते हुने संघले जनाएको छ ।