Thaha

Monday 29 April - 9:01 pm NST

‘एलनिनो’का कारण विश्वको मौसममा उतारचढाब

काठमाडौं १६, भदौ । विश्व मौसम संगठनले, एलनिनो भनिने मौसमी अवस्थाका कारण अहिले देखिएको मौसमको उतारचढाप सन् १९५० यताकै सबैभन्दा शक्तिशाली हुने बताएको छ  ।
प्रशान्त महासागरको पानीको अस्वाभाविक तापका कारण मौसको प्रभाव विश्वव्यापी रुपमा भइरहेको अनुसन्धानकर्ताले बताएका छन् । प्रशान्त महासागरको मध्यपुर्वी भागमा तापक्रम बढ्ने क्रम जारी रहेकाले एलनिनोको असर पनि बढ्न सक्ने वैज्ञानिकहरुको ठहर छ । यस महासागरको केही भागमा तापक्रम सामान्यभन्दा दुई डिग्री सेल्सियस बढ्न सक्ने वैज्ञानिकहरुले  अनुमान गरेका छन् ।
एलनिनोको प्रभाव सन् १६ सयदेखि नै देखिँदै आएको अनुसन्धानकर्ताको ठहर छ । एलनिनोको कारण एसियाका कयौं भागमा खडेरी पर्ने र उत्तरी अमेरिकामा ठूलो बाढी आउने गरेको छ ।