Thaha

Friday 03 May - 12:47 pm NST

बिमलको ह्याट्रिकमा नेपालको जित


काठमाडौं, ३ भदौ । कप्तान बिमल घर्ती मगरको ह्याट्रिकको मद्दतमा नेपालले १९ बर्ष मुनीको पहिलो साफ च्याम्यिनसीप फुटबलमा बिजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा भुटानलाई ३–१ गोलले हराउने क्रममा बिमलले खेलको १०, २९ र ६२ औं मिनेटमा गोल गरेका हुन् । ७३ औं मिनेटमा पाएको पेनाल्टीलाई भने बिमलले सदुपयोग गर्न सकेनन् । एक गोलले पछि परेलगत्तै भुटानका सोनाम तोग्वेले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।

नेपालले समुह चरणको दोस्रो खेल ७ गते बंगलादेश विरुद्ध खेल्नेछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा टेक्निकल मैदानमा सुरु भएको प्रतियोगितामा दक्षिण एशियाका ६ वटा देशले सहभागिता जनाएका छन् ।

नेपालसहित, भुटान र बंगलादेश समूह ए मा छन् भने भारत, अफगानिस्तान र माल्दिभ्स समूह बी मा छन् । प्रतियोगिता अन्तर्गत भोली अफगानिस्तान र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल भदौ १२ गते हुनेछ ।