Thaha

Friday 03 May - 6:09 pm NST

यू—१९ साफ च्याम्पियनसिप फुटबल आजदेखी


काठमाण्डौं, ३ भदौ । १९ बर्ष मुनीको पहिलो साफ च्याम्यिनसीप फुटबल आजदेखि काठमाडौंमा सुरु  हुँदैछ । प्रतियोगीतामा दक्षिण एशियाका ६ देशले सहभागिता जनाउदैछन् ।

उद्घाटन खेलमा आज आयोजक नेपालले भुटानसँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिताको उद्घाटन खेल दिउँसो साढे ३ बजेदेखि एन्फा टेक्निकल मैदान सातदोबाटोमा सुरु हुनेछ ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह ए मा नेपालसहित भुटान र बंगलादेश छन् भने समूह बी मा माल्दिभ्स, अफगानिस्तान र भारत छन् ।

खेल हेर्न २ सय र ३ सय रुपैयाँको टिकट दर कायम गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।