Thaha

Friday 03 May - 4:15 pm NST

स्पेनिस सुपर कपको उपाधि बिल्बाओलाई


काठमाण्डौँ, १ भदौ । एथ्लेटिको बिल्बाओले ३१ बर्षपछि स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

गएराती भएको दोस्रो लेगमा ११ पटक उपाधि जितीसकेको बार्सिलोनालाई १—१ को बराबरीमा रोक्दै बिल्बाओले समग्रमा ५—१ को जित निकालेको हो । पहिलो लेगमा ४—० ले पछाडी परेको बार्सिलोनाले दोस्रो लेग पनि आफ्नो पक्षमा पार्न सकेन ।

खेलको पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदै लिओनल मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । तर दोस्रो हाफको ७४ औँ मिनेटमा बिल्बाओका एरीट्ज आडुरेजले गोल फर्काउँदै खेललाई बरावरीमा पुर्याएका हुन् ।

बिल्बाओले यसअघि सन् १९८४ मा सुपरकपको उपाधि जितेको थियो । बार्सिलोनाले सन् २०१३ सँगै ११ पटक उपाधि जितीसकेको छ ।