Thaha

Monday 29 April - 9:51 pm NST

आधिकारीक नतिजा नआउँदै राजापाक्षेद्धारा हार स्विकार


काठमाण्डौँ १ भदौ । श्रीलँकाका पूर्व राष्ट्रपति माहिन्दा राजापाक्षेले हिजो भएको संसदीय निर्वाचनमा हार स्विकार्नुभएको छ ।

निर्वाचन अधिकारीहरुका अनुसार राजापाक्षेको पार्र्टी युनाईटेड फ्रिडम पिपुल्स अलाईन्स ८ स्थानमा र उसको प्रतिद्धन्दी युनाईटेड नेशनल पार्टी ११ जिल्लामा जीत हासील गर्न सफल भएको छ ।

निर्वाचनको आधिकारीक नतिजा घोषणा हुन भने बाँकीनै छ । नतिजा घोषणा हुनु अगावै राजापाक्षेले नयाँ प्रधानमन्त्री बन्ने सपना धमिलिँदै गएको प्रतिक्रिया दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ । उहाँले अब विपक्षी सांसदको रुपमा सेवा गर्ने बताउनुभएको छ ।

गत जनवरीमा भएको राष्ट्रपतीय निर्वाचनमा मैत्रीपाल सिरिसेनासँग पराजित हुनपरेपछि राजापाक्षेलाई ठुलो झड्का लागेको थियो । संसदीय निर्वाचन अघि राजापाक्षेले २ सय २५ सिटको संसदमा १ सय १७ सिट हात पार्ने दाबी गर्नुभएको थियो ।