Thaha

Monday 29 April - 9:49 pm NST

मोदी यु.ए.इमा

काठमाण्डौं ३१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि आज यु.एइ जाँदै हुनुहुन्छ । भ्रमणको क्रममा दुई देशबीचको आपसि सम्बन्ध तथा व्यापार साँझेदारी र त्यहाँ रहेका भारतीय कामदारको समस्याका विषयमा कुराकानी हुने बिबिसिले लेखेको छ । 

भारत र युएइबीच बिगत देखिनै घनिष्ट सम्बन्ध रहदै आएपनि ३४ वर्ष पछि भारतीय प्रधानमन्त्रीको रुपमा मोदीले भ्रमण गर्न लाग्नुभएको हो । ३४ वर्ष अघि इन्दिरा गान्धीले भारतको प्रधानमन्त्रीको रुपमा युएइको भ्रमण गर्नुभएको थियो । 

 सन् २०१३ मा प्रधानमन्त्री मनमोहन सिंह युएई जाने भनिएपनि अन्तिम समायमा आएर भ्रमण स्थगित भएपछि दुई देशको सम्बन्ध चिसिएको अनुमान गरिएको थियो । सम्बन्ध सुधारकोलागि पनि मोदी त्यहा जान लागेको भारतीय सन्चार माध्यमले जनाएका छन् । केहि समय अघि सम्म भारतको पहिलो व्यापारिक साझोदार राष्ट्र मानिएको युएई अहिले चीन र अमेरिका पछि तेस्रो स्थानमा छ । 

युएईसँग भारतले पेट्रोलियम पर्दाथको बढि कारोबार गर्ने गरेको छ । युएइमा अहिले पनि भारतका २६ हजार नागरिक बैदेशीक रोजगारीमा छन् । दुई दिने भ्रमणका क्रममा मोदी त्यहाँको सबैभन्दा ठुलो मस्जिदमा समेत पुग्नुहुने छ ।