Thaha

Monday 06 May - 11:44 pm NST

नेपाल आज भारतसँग भिड्ने

काठमाण्डौं ३१ साउन । अन्डर सिक्सटिन साफ च्याम्पियनसिप फुटवलको सेमिफाइनलमा नेपालले आज भारतको सामना गर्दै छ । नेपाल समुह बिजेता हुँदै सेमिफाइनलमा प्रबेश गरेको हो भने भारत बंगलादेशसँग २–१ ले पराजित भएपछि समुह उपबिजेता हुँदै सेमिफाइनलमा पुगेको हो । 


नेपालले पहिलो खेलमा मालदिभ्स्लाई ५–० ले पाराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई १–० ले पराजित गरेको थियो ।खेल नेपाली समय अनुसार बेलुका पौने सात बजेपछि शुरु हुने छ । । नेपाल अघिल्लो सस्करणको उपबिजेता हो भने भारत बिजेता हो । 


नेपाल भारतलाई हराएर गत सस्करणमा हारको बदला लिने दाउमा छ भने भारत नेपाल माथि हाबी हुँने दाउमा छ । नेपाल अपराजित रहेकोले उच्च मनोबलका साथ मैदान उत्रने छ भने एक खेल हारिसकेको भारत मनोबैज्ञानीक दबाबमा छ । नेपालका प्रशिक्षक उपेन्द्रमान सिंहले उपाधि जित्ने लक्ष्यलाई साकार बनाउन उच्च मनोबलका साथ मैदान उत्रने बताउनुभयो । 


प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा बंगलादेश र अफगानिस्तान भिड्ने छन् ।