चीनले तियान्जिन क्षेत्र खाली गराउने
काठमाडौं, ३० साउन । चीन सरकारले बिस्फोटका कारण ध्वस्त भएको तियान्जिन क्षेत्र खाली गराउने भएको छ । मानिसहरुलाई रासायनिक पदार्थको संक्रमण हुन सक्ने भन्दै बिस्फोट भएको ठाँउबाट तीन किलोमिटर वरिपरिको आवास क्षेत्र खाली गराउन लागिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
घटनास्थलमा बिषालु रसायन सोडियम साइनाड भेटिएको प्रहरीले पुष्टि गरेपछि त्यहाँ रहेका मानिसहरुलाई अन्यत्रै सार्न लागिएको हो ।
तस्वीरः बीबीसी
गत बुधबार राति चीनको उत्तर पूर्वी औधोगिक शहरमा भएको बिस्फोटमा परि ८५ जनाको मृत्यु भएको थियो भने सयौं मानिस घाइते भएका छन् ।
घटनापछि मानिसहरुलाई सुरक्षित रुपमा रहन, मास्क लगाएर हिँडन र लामो यात्रा नगर्न चीनको सरकारले आग्रह गरेको छ ।