Thaha

Tuesday 07 May - 1:03 am NST

श्रीलंकाको रोमाञ्चक जित

काठमाडौं, ३० साउन । रङ्गना हेराथको घातक बलिङको मद्दतमा श्रीलंकाले भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । 

भारतलाई ६३ रनले हराउँदै श्रीलंकाले तीन खेलको श्रीखंलामा १–० को अग्रता कायम गरेको छ । देस्रो पारीमा १ सय ७६ रनको झिनो लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभर खेल्दै १ सय १२ रनमै अलआउट भयो । 

                                                                                                                     तस्वीरः इएसपीएन

भारतका लागि अजिन्कय राहानेले ३६, शिखर धवनले २८, अमित मिश्राले १५ र इशान्त शर्माले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । 

भारतलाई सस्तैमा समेट्ने क्रममा रङ्गना हेराथले ७ र थारिन्डु कौशलले ३ विकेट खसालेका थिए । भारतर श्रीलंकाबीचको दोस्रो टेष्ट भदौ ३ गते देखि सुरु हुनेछ ।