Thaha

Monday 06 May - 10:28 pm NST

भारत विरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं, ३० साउन । भारत विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट आज ३० जनाको प्रारम्भिक टोली घोषणा गरेको हो ।

                                                                                तस्वीरः गोल नेपाल डट कम

टोलीको गोलरक्षकमा किरण चेमजोङ, विकेस कुथु र रितेश थापा छन् । डिफेन्समा बिराज महर्जन, रोहित चन्द, सागर थापा, सन्दिप राई, रन्जित धिमाल, अनन्त तामाङ, आदित्य चौधरी, अजित भण्डारी, रबिन श्रेष्ठ र जितेन्द्र कार्की छन् । मिडफिल्डमा बिक्रम लामा, बिशाल राई, भोला सिलवाल, जगजित श्रेष्ठ, सुशील केसी, श्याम नेपाली, राजु तामाङ, हेमन्त थापा मगर र विश्वास श्रेष्ठ रहेका छन् ।

फरवार्डमा रन्जन बिष्ट, जुमानु राई, अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, बिमल घर्ती मगर, भरत साह र अन्जन बिष्ट छन् । ध्रुव केसीको प्रशिक्षणमा रहेको टोलीको व्यवस्थापकको जिम्मा रमेश रायमाझीलाई दिइएको छ ।

भारतको निमन्त्रणामा नेपालले आगामी अगस्ट ३१ तारिखमा भारतको पुनेमा मैत्रीपूर्ण खेल खेल्दैछ ।