Thaha

Tuesday 07 May - 2:53 am NST

नेपालले अफगानिस्तानको सामना गर्दै


काठमाण्डौ २९ साउन । १६ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । बंग्लादेशको सिलेटमा साँझ पौने ५ बजे हुने आजको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । 

खेल बरावरी भएपनि नेपाल समूह विजेता हुनेछ । जारी प्रतियोगिता अन्तर्गत समूह ‘बि’ बाट नेपाल र अफगानिस्तान, समूह ‘ए’ बाट भारत र आयोजक बंग्लादेश सेमिफाईनल पुगिसकेका छन् । गएको सोमवार भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५—० ले हराएको  थियो । माल्दिभ्स अफगानिस्तानसँग पनि ४—२ ले पराजित भएपछि नेपाल र अफगानिस्तान सेमिफाईनलमा पुगेका हुन् । 
सन् २०११ मा घरेलु मैदानमै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो भने सन् २०१३ मा भएको दोस्रो साफमा भारतसँग पराजित हुँदै दोस्रो भएको थियो ।