Thaha

Monday 06 May - 5:52 pm NST

साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने

काठमाडौं, २५  साउन। काठमाण्डुमा हुने १९ बर्षमूनिको साफ च्याम्पियनसिप फूटबलमा नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटवल संघ एन्फाले आज सार्वजनिक गरेको खेल तालिका समूह ए मा रहेको नेपाले भदौ ३ गते भुटानसँग प्रतिष्पर्धा गर्ने भएको हो ।  ६ राष्ट्र सहभागी प्रतियोगितको समूह एमा नेपालसँगै भुटान र वंगलादेश छन् भने समूह वि मा भारत, माल्दिभ्स र अफगानिस्तान छन् ।

पाकिस्तान र श्रिलङकाले भने सहभागिता जनाएका छैनन । नेपालले दोस्रो खेलमा भदो ७ गते वगाँलादेशसँग प्रतिष्पर्धा  गर्नेछ ।