Thaha

Monday 29 April - 6:44 pm NST

काबुलमा फेरी बम विस्फोट, ८ जनाको मृत्यु

काबुलमा फेरी बम विस्फोट, ८ जनाको मृत्यु
काठमाण्डौँ, २२ साउन । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ । आज बिहानै शक्तिशाली विस्फोट हुँदा १ सय २८ जना गम्भिर घाईते भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

एक आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरीएको ट्रक शाह शाहिद ईलाकामा सेनाको छाउनी नजिक विस्फोट गराएका थिए । काबुलका प्रहरी प्रमुख अब्दुल रहमान रहीमीले मर्नेको सँख्या अझै बढ्न सक्ने बताउनुभएको छ ।

बिस्फोटबाट कैयौँ भवनहरु ध्वस्त भएका छन् । हिजोपनि अफगानीस्तानको पूर्वी क्षेत्रमा भएको आत्मघाती विस्फोटमा ३ प्रहरीसहीत ९ जनाको ज्यान गएको थियो ।