Thaha

Tuesday 07 May - 1:12 am NST

नेपाली क्रिकेट टोली मलेसिया जाँदै

काठमाण्डौ २२ साउन
नेपालका भुकम्प पिडीतको सहगोगका लागि विश्व–११ सँँँग खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसिया प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली क्रिकेट टिम आज बेलुका त्यसतर्फ पस्थान गर्ने क्यानका कार्यालय सचिव छुम्बि लामाले जानकारी दिनुभयो ।


अन्डर नाईन्टिन टिमका कप्तान राजु रिजाल पनि सहभागी हुँदैछन् । उनले विकेट किपरको भुमिका निर्वाह गर्नेछन् । टी ट्वान्टि विश्वकप छनोटमा राम्रो प्रदर्शन गरेका सिद्धान्त लोहनी पनि टिममा छन्  । 


यस्तै टिममा शरद भेषावकर, राजेश पुलामी, सोमपाल कामी, अनिल मण्डल, शक्ति गौचन, करण केसी, भुवन कार्की र मेहबुब आलम छन् । चोटका कारण उपकप्तान ज्ञानेन्द्र मल्ल नजाने भएपछि नरेश बुढायरलाई समाबेस गरिएको छ ।  सुवास खकुरेल, विनोद भण्डारी, प्रदीप ऐरी टिममा छैनन् । सागर पुन र बलर बसन्त रेग्मी पनी चोटका कारण मलेसिला जाने छैनन् ।


‘ब्याट फर नेपाल’ नाम दिइएको क्रिकेटमा विश्व—११ टोलीको कप्तानी श्रीलङ्काली पूर्व खेलाडी सनथ जयसूर्याले गर्नेछन् । अन्य खेलाडीमा पाकिस्तानका पूर्व विकेट किपर रसिद लतिफ, बङ्गलादेशका पहिलो टेस्ट कप्तान अमिनुल इस्लाम, अब्दुर रज्जाक, शोहाग गाजी, अस्ट्रेलियाका स्टिभ ओकिफे र मार्कुस स्टाइनिस, मलेसियाका सुरेश नवरत्नम, अहमद फैज, भारतका बेणुगोपाल राव तथा सिङ्गापुरका चेतन सूर्यवंशी रहेन छन् । 


किनरारा ओभलमा पर्सी हुने खेल २० ओभरमा खेलाईनेछ । प्रतियोगीताबाट संकलन भएको रकमको ७० प्रतिशत भुकम्प पिडीतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरीने क्यानले जनाएको छ ।