Thaha

Monday 29 April - 6:25 pm NST

सेनाको हेलिकप्टर दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौं, साउन २१ । अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक दलका पाँच सदस्य र १२ जना अफगानी सेना रहेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । दुर्घटनाको कारणबारे केही नखुलेको अफगान प्रहरीले बताएको छ । दक्षिणी जाबुल प्रान्तको विकट क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।