Thaha

Monday 06 May - 6:49 pm NST

ओलम्पिक कमिटिको चुनाव स्थगित

काठमाडौं, २१ साउन । नेपाल ओलम्पिक कमिटिको चुनाव स्थगित भएको छ । पुनरावेदन अदालत पाटनले साधरणसभा नगर्न आदेश दिएको र ओलम्पिक कमिटीभित्रका केही संघको विवादका कारण कमिटिको चुनाव स्थगित भएको हो ।

एक महिनाभित्र कमिटिको साधारणसभा बोलाउने र कार्यविधि तय गर्ने गरि चुनाव गर्ने गरि बैठक स्थगित भएको अन्तराष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटका अध्यक्ष धु्रब बहादुर प्रधानले जानकारी दिनुभयो ।

अदालतले तत्काल साधारणसभा रोक्दै निर्वाचनमा विभिन्न खेल संघहरुलाई साधरणभामा सहभागी हुन बञ्चित गराउनुको कारण लिखित रुपमा १५ दिनभित्र पेश गर्न पनि आदेश दिएको थियो । ओलम्पिक कमिटीको चुनाव विरुद्ध नेपाल कुस्ती संघ, नेपाल कराँते महासंघ र नेपाल ¥याप्टिङ एण्ड क्यानोनिङ संघ अदालत गएका थिए ।